रन वे चर्किएपछि जहाज आकाशमै होल्ड

काठमाडौँ-धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ ।

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५:४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका थिए।

रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले उल्लेख गरे।

खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्