बुद्धचित्त गेडासहित पक्राउ

भक्तपुर- बुद्धचित्तको गेडा २४० वटासहित प्रहरीले आज भक्तपुर घलाते बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ ।

तामाङ सवार वा.८५प. ३१५० नंको स्कुटरलाई प्रहरीले सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा चेकजाँच गर्दा उक्त परिणामको गेडासहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

त्यसैगरी कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ। बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो।

गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ।

बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्