संघीयतालाई सफल बनाउन सबै जुट्नु जरुरी- प्रदेश प्रमुख तुम्बाहांग

मोरङ-संघीयता कार्यान्वयनमा संविधान दिवसले महत्वपूर्ण भूमिका खेल्नु प्रदेश नम्बर एकका प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहांगले बताएका छन्।

विराटनगरस्थित प्रदेश सरकारको नीजि निवासमा मंगलबार आयोजित जलपान कार्यक्रमसंगै संविधान दिवस एवं राष्ट्रिय दिवस कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहांगले संघीयतालाई सफल बनाउन सबै क्षेत्रबाट एक स्वर हुनु आवश्यक रहेको बताए।

मुलुकलाई अग्रगामी दिशातर्फ अघि बढाउनका लागि संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउनुको विकल्प नभएको स्पस्ट पारेका थियो। संविधान दिवसको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश नम्बर एकका आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, वन कृषी पर्यटन, उद्योग मन्त्री जगदीश कुसियतसंगै न्यायालयका पदाधिकारी, सुरक्षानिकायका पदाधिकारी, विराटनगर महानगर प्रमुख, उद्योगी ब्यवसायीको उपस्थिती रहेको थियो।

यद्धपि, समाजिक विकास एवं योजनामन्त्री जीवन घिमिरे, आर्थिक मामिला मन्त्री इन्द्र आंग्बोको उपस्थिति भएनन्। २०७२ साल असोज ४ गते तत्कालिन राष्ट्पति डा. रामवरण यादवले जारी गरेका थिए।

यसप्रकारको अभ्यास संघीयतापछि पहिलोपटक प्रदेशमा आयोजना गरिएको हो। यसअघि राष्ट्रपतिले नै काठमाडौंबाट सन्देश दिने प्रचलन रहदै आएको थियो।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्