अमेरिकाले चिनियाँ सामानमाथि लगायो नयाँ कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन चीनसहितका देशसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ‘व्यापार युद्ध’ को अवस्थामा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको यो युद्धको अवस्थालाई थप अघि बढाएका छन् ।

अमेरिकाले चीनमाथि नयाँ आयात कर लगाएको छ । अमेरिकाले चिनियाँ सामान आयातमा २०० बिलियन अमेरिकी डलर बराबरको नयाँ आयात कर लगाउने भएको हो । अमेरिकाले चीनका झण्डै ६ हजार सामानको आयातमा कर बढाउने भएको हो । यो अमेरिकाले अहिलेसम्म लगाएको सबैभन्दा ठूलो कर हो ।

अमेरिकाले कर बढाएका चिनियाँ सामानमा ह्याण्डब्याग, चामल, ट्वाइलेट पेपर तथा कपडासहितका सामान छ । यसअघि चीनले अमेरिकाले अब कुनै पनि किसिमले कर बढाएमा त्यसको प्रतिकार गर्ने बताएको थियो । तर ट्रम्प प्रशासन भने पछि हटेको छैन, उसले नयाँ कर लगाएपछि चीनसँगको अमेरिकाको व्यापार सम्बन्धमा थप कड्वाट आएको छ ।

बढाइएको आयात कर सेप्टेम्बर २४ लागु हुनेछ । अमेरिकाले यसअघि चिनियाँ काठका फर्निचरमा कर लगाएको थिएन, अहिले लगाएको छ । अमेरिकाले लागु गरेको नयाँ कर १० प्रतिशतबाट सुरु हुनेछ र आउँदो वर्षको सुरुमा २५ प्रतिशत बनाइने स्पष्ट पारिएको छ ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू