यसरी भएको थियो एउटै खेलमा २८ गोल

यसरी भएको थियो एउटै खेलमा २८ गोल

पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत गएको सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८–० को जित निकालेर देशमा फराकिलो जितको नयाँ कीर्तिमान बनायो ।

दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८–० ले हराएको हो । बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन । दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६–० को अग्रता लियो । दोस्रो हाफमा थप १२ गोल भयो ।

बेन्फिकाका ९ खेलाडीले गोल गरे । गएको अप्रिलमा क्लबमा अनुबन्धित भएकी डार्लेनी डी सुजा एक्लैले ८ गोल गरिन् ।

पोर्चुगलको फुटबल इतिहासमा सिनियर स्तरको खेलमा यो सबै भन्दा फराकिलो जित हो । यसअघि सन् १९७१ मा पोर्चुगिज कपमा स्पोर्टिङ्गले २१–० को जित निकालेको थियो ।

अशोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्