टुँडिखेलमा नेकपा सचेतक शान्ता चौधरी बेहोस

काठमाडौँ – नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमको क्रममा बेहोस भएकी छन् ।

बुधबार परेको चौथो संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेल गएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेकी हुन् ।

उनलाई अस्पताल लैजान तत्काल एम्बुलेन्स केहीबेर आएको थिएन । चर्को घाम लागेकाले गर्मीका कारण सांसद चौधरी ढलेको हुन सक्ने अनुमान छ ।

गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममै सांसद बेहोस हुँदा त्यहाँ मेडिकल टिम तत्काल पुग्न सकेन । यस्तै सेनाको एम्बुलेन्स पनि ढिलो गरेर आएको हो ।

सेनाको एम्बुलेन्समा आएका डाक्टरले शान्ताको जाँचा गरी औषधि दिए । त्यसपछि उनलाई कार्यक्रम स्थलमै आराम गराइएको छ । अस्पताल भने लगिएको छैन । सांसद चौधरीको अवस्था सुधार हुँदै गएको र अस्पताल लैजानु नपर्ने देखिएको डाक्टरले बताए ।

अशोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू