फोटो फिचर

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

काठमाडौँ – संविधानसभाबाट नेपालको संविधान जारी भएको बुधबार तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । तीन वर्षअघि अर्थात २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा बुधबार संविधान दिवस मनाईँदैछ ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष समारोह गर्यो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश संविधान कार्यान्वयन गर्दै समृद्धिका लागि अघि लैजानु पर्ने बताए ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले संविधान दिवसको अवसरमा टुँडिखेलमा भएको कार्यक्रमका विभिन्न तस्बिर खिचेकी छन् ।

अशोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू