सांसदका लागि छाता बन्यो संविधान दिवस स्मारिका

काठमाडौँ – संविधानसभाबाट नेपालको संविधान जारी भएको तीन वर्ष भएको पुगेको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा बुधबार संविधान दिवसको विशेष कार्यक्रम काठमाडौँको टुँडिखेलमा भयो ।

सरकारको आयोजनामा भएको विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदसहितका विशिष्ट अधिकारीको उपस्थिति थियो । कार्यक्रममा सांसदहरुलाई संविधान दिवस २०७५ को स्मारिका वितरण गरिएको थियो ।

सांसदहरुले त्यसमा रहेको कुरा पढ्न त सायद भ्याएनन्, तर घाम चर्किँदै गएपछि त्यहि स्मारिकाले उनीहरुका लागि छाताको काम भने गर्यो । कोही सांसद स्मारिकालाई हाते पंखा बनाउँदै थिए भने कोही छाताका रुपमा प्रयोग गर्दै दिए ।

अशोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्