‘तीन तलाख’ लाई गैर कानुनी बनाउने सम्बन्धी अध्यादेश भारतीय मन्त्री परिषदबाट स्वीकृत

भारत सरकारले मुस्लिम महिलालाई तीनपटक तलाख भनेर सम्बन्ध बिच्छेद गर्नु गैर कानुनी बनाउने सम्बन्धी अध्यादेशलाई अनुमोदन गरेको छ ।
भारतको केन्द्रीय मन्त्री परिषदको बुधबारको बैठकले ‘तीन–तलाख’ (तलाख, तलाख, तलाख) लाई गैर कानुनी बनाउने सम्बन्धी अध्यादेशलाई स्वीकृत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यो अध्यादेशलाई लोकसभाले यसअघि नै स्वीकृत गरिसकेको थियो । अध्यादेश अहिले राज्यसभामा रहेको छ ।
तर कांग्रेसले भने नरेन्द्र मोदी सरकारले ‘तीन तलाख’ लाई मुस्लिम महिलाका लागि न्यायको विषय भन्दा पनि राजनीतिक मुद्दा बनाएको आरोप लगाएको छ ।