रोनाल्डोलाई देखाइएको रेड कार्ड निकै कठोर

क्रिष्टियानो रोनाल्डो निकै अभागी हुन् जो नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु खेलमै रातो कार्ड खाँदै बाहिरिए ।

बायाँ विङ्गमा बल रहेका बेला रोनाल्डो पेनाल्टी एरिया तर्फ जाँदै थिए, उनलाई भ्यालेन्सियाका जिएसन मुरिलोले रोके । रोनाल्डो हल्का धकेलेको देखिएको छ, त्यतिमै डिफेन्डर मुरिलो लडे । तर रोनाल्डोको धकेलाई खराब थिएन ।

रेफ्री यो घटना भएका बेला रोनाल्डोको पछाडि थिए । यो घटना स्पष्ट रुपमा देख्ने गोलपोस्टको अगाडि रहेका सहायक रेफ्री हुन् । रोनाल्डोले मुरिलोलाई कुहिनाले हानेको सोचे सायद सहायक रेफ्रीले, तर अवस्था त्यो थिएन ।

मुरिलो सामान्य ट्याकलमा पनि असामान्य प्रतिक्रिया देखाएपछि रोनाल्डोले उनको टाउकोमा हात राखे । घटना निकै सामान्य छ, तर कसरी २० यार्ड पर रहेका सहायक रेफ्रीले यसलाई खराब गतिविधि देखे मलाई थाहा छैन ।

यदी म यो खेलमा रेफ्री भएको भए, मैले भ्यालेन्सियालाई फ्रि–किक दिन्थेँ र दुवै खेलाडी (रोनाल्डो र मुरिलो) लाई पहेँलो कार्ड देखाउने थिएँ । तर जे हुनु भयो, रोनाल्डोले अब एक खेलको प्रतिबन्ध लाग्नेछ, त्यो भन्दा बढी भए ठूलो अन्याय वा कठोर हुनेछ ।

(इंग्लिस व्यवसायिक फुटबल रेफ्री मार्क क्लाटेनबर्गले डेली मेलका लागि लेखेको विचारको अनुवाद ।)

अशोज ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्