ट्रेलरमा निर्माताको मेहनत

त्यो एक ट्रेलरले बनाएको थियो सलमान खानलाई ‘स्टार’

बलिउड अभिनेता आयुष्मान खुराना आउँदै गरेको चलचित्र ‘बधाई हो’ को ट्रेलर हिट भएपछि ट्वीटर एकाउन्टमा लेख्छन्– ‘हे भगवान, १ करोड मानिसले चलचित्र ‘बधाई हो’ को ट्रेलर हेरिसकेका छन्।’

यो चलचित्र यस्तो परिवारमा आधारित छ जसमा दुई लक्का जवान छोराको आमा गर्भवति हुन्छिन् र उनका युवा छोराहरु यो कुरामा लाज मानिरहेका छन्।

चलचित्रको ट्रेलर सामाजिक सञ्जालमा भाइरल भएपछि एउटा चर्चा सुरु भएको छ, ‘के आमा बाबुको सेक्स लाईफ हुन सक्दैन?’
यो प्रश्नको जवाफ त फरक फरक हुन सक्छ, तर यो कुरा पक्का छ, ट्रेलर रिलिज भएपछि मानिसहरु चलचित्रको बारेमा कुरा गर्न बाध्य भएका छन्।

कुनै चलचित्रको बारेमा उत्सुक्ता जगाउनको लागि ट्रेलरले विशेष भूमिका खेल्छ, जसरी एक किताब पढ्न त्यसको बाहिरी खोलको भूमिका हुन्छ।

भारतीय चलचित्र समिक्षक जय प्रकाश चौकसे बताउँछन्, ‘भारतीय दर्शकमा ५० प्रतिशत यस्ता दर्शक छन् जसलाई चलचित्र हेर्ने बानी नै परेको छ। आर्थिक उदारवाद पछि हिन्दी चलचित्रको ट्रेलरले दर्शक आकर्षित गर्ने चलनै बढेको छ भारतमा।’

सामाजिक सञ्जालको प्रयोग हुने जमानामा दर्शकलाई सिनेमाघरसम्म तानेर ल्याउन टिजर र ट्रेलरको ठूलो हात हुन्छ। यहि कारण निर्माताहरु आफ्नो चलचित्र प्रवद्र्धनको लागि केहि स्तरीय कार्यक्रममा भाग लिन्छन्। चलचित्रको फस्ट लुक शेयर गर्छन् र ट्रेलर बनाउन पनि धेरै नै मेहनत गर्छन्।

धेरै पटक यस्तो भएको छ, ट्रेलर चलचित्र भन्दा धेरै चलेका छन्।

यश चोपडाले बनाएको चलचित्र ‘दिल तो पागल हे’ को बारेमा यहि कुरा गरिन्छ की चलचित्रको ट्रेलर मानिसले धेरै मन पराएका थिए।

सलमान र उनको चलचिको ट्रेलर

जय प्रकाश चौकासे बताउछन्, ‘यसको शुरुवात ९० को दशकमा भएको हो। ‘हम आपके हे कौन’ चलचित्रको कुरा गर्ने हो भने सलमान खान त्यो बेला कुनै ठूला सुपरस्टार थिएनन्। उनको धेरै हिट चलचित्र थिएनन्। त्यो भन्दा पहिला ‘मेने प्यार किया’ उनले अभिनय गरेको ठूलो चलचित्र आएको थियो। तर दर्शकले जब ‘हम आपके हे कौन’ को ट्रेलर हेरे, त्यसपछि धेरै नै खुसी भए।’

यो त्यो समय थियो, जब फिल्म प्रचार गर्न टिभी र सिनेमा हलमा ट्रेलर देखाइन्थ्यो। सलमान खानको चलचित्र ‘हम आपके हे कौन?’ को ट्रेलर पनि सिनेमा हलमा नै रिलिज गरिएको थियो।

चलचित्र धेरै नै हिट भयो र सलमान स्टार बने।

जयप्रकाश मान्छन् की जबदेखि मल्टी प्लेक्स बने, टिकटको मूल्य बढ्यो। त्यहि बेलादेखि ट्रेलरको महत्व बढ्न थाल्यो। धेरै चलचित्रकर्मी आकर्षक ट्रेलर बनाउँथे। यसमा मुकेश भट्टको नाम पनि आउँछ। भनिन्छ, उनी कयौँ पटक चलचित्र सुटिङ्ग गर्नु अगाडि ट्रेलर सुट गर्दथे।’

जय प्रकाश चौकसे मान्छन् की राम गोपाल वर्मा ट्रेलर बनाउन माहिर भनेर चिनिन्थे।

चलचित्रका ट्रेलर बक्स जस्तै हुन्छन्, जसले इन्टरनेटको यो जमानामा चलचित्र हेर्नु अगाडि त्यसको अनुमान गर्न मद्दत गर्छन्।
सन् २००५ मा आएको अभिताभ बच्चन र रानी मुखर्जीको चलचित्र ‘ब्ल्याक’ को ट्रेलर ७ लाख, ८५ हजार भन्दा धेरै मानिसले हरेका थिए।

‘दबंग’ को कुरा गर्ने हो भने, यो चलचित्रको ट्रेलरलाई ५ लाख २६ हजार भन्दा धेरै पटक हेरिएको थियो।

अहिले शाहरुख खानको चलचित्र ‘जिरो’ बनिरहेको छ। तर त्यो चलचित्रको केहि झलकहरु अहिलेबाट नै आउँन सुरु भईसकेको छ।

– बिबिसी हिन्दि

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्