निर्मला हत्याकाण्डमा मुख्यमन्त्रीको राजीनामा माग

धनगढी – प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरिएको छ ।

शुक्रवारको प्रदेश सभा बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसद कर्ण बहादुर मल्लले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा दुई महिनासम्म पनि पक्राउ परेनन् । यसमा प्रदेश सरकारले भूमिका खेलेन ।’ मल्लले भने, ‘यस घटनामा सरकार निरीह बन्यो, मुख्यमन्त्री निरीह बने । त्यसैले मुख्यमन्त्रीको राजीनामा माग गर्दछु ।’

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्