ट्वीटरको डाइरेक्ट म्यासेजमा तेस्रो पक्षको पहुँच पुगेको खुलासा

आफ्ना हजारौँ प्रयोगकर्ताको व्यक्तिगत सन्देशहरु चुहावत भएको हुन सक्ने ट्वीटरले जनाएको छ । पछिल्लो एक वर्ष भन्दा बढी समयदेखि बगका कारण केही प्रयोग कर्ताको डाइरेक्ट म्यासेज तेस्रो पक्षमा चुहावट भएको ट्वीटरले जनाएको हो ।

प्रयोगकर्ताले ट्वीटर मार्फत ग्राहक सेवा प्रदान गर्ने व्यवसायिक फर्मसँग गरेको डाइरेक्ट म्यासेज चुहावट भएको जनाइएको छ । यसरी म्यासेज चुहावट गर्ने बग अहिले भने व्यवस्थापन भइसकेको छ । सन् २०१७ को मे देखि यो समस्या देखिएको थियो । अहिले भने समस्या समाधान भएको ट्वीटरले जनाएको छ ।

एक प्रतिशत भन्दा कम प्रयोगकर्ता यो समस्याबाट प्रभावित भएको हुन सक्ने ट्वीटरले जनाएको छ तर उसले प्रभावित प्रयोगकर्ताको संख्या भने खुलाएको छैन ।

ट्वीटरले पछिल्लो पटक गएको जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार उसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३३५ मिलियन रहेको छ । व्यक्तिबाट व्यक्तिमा हुने नभई व्यक्तिले कम्पनीसँग गर्ने डाइरेक्ट म्यासेज प्रभावित भएका हुन् ।

असोज ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्