काठमाडौँ – चलचित्र ऐशोर्यबाट डेब्यु गरेकी नायिका हुन् दीपिका प्रसाई। कैलालीकी दीपिकाले पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाख्न पाइन्। उनले पहिलो चलचित्रमा रमेश उप्रेतीसँग अनिभय गरेकी थिइन्। पहिलो चलचित्रबाट नै उनको सुन्दरताको चर्चा चलेको थियो।

अहिले दीपिका चलचित्र छक्का पञ्जा–३ मा काम गरिरहेकी छिन्। दीपक र दीपाश्रीको छक्का पञ्जा चलचित्रको तेस्रो संस्करणमा दीपिका मुख्य नायिकाको रुपमा अभिनय गरिरहेकी छन्। यो चलचित्रको गीत पहिलो नम्बरमा हिट भइसकेको छ, यस्तै पछि उमेर ढल्किन्छ, कालै पल्किन्छमा उनी फिचर्ड देखिएकी छिन्।

दीपिका २०५३ सालमा जन्मेकी हुन्, उनले स्नातकसम्मको अध्ययन सक्काइसकेकी छन्। शनिबार राईजिङ मलमा भएको ट्रेलर रिलिजमा उनी कोट र प्यान्टमा सजिएकी थिइन्। कार्यक्रममा उनी चिटिक्क देखिएकी थिइन्।

असोज ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्