रोनाल्डो रेड कार्डकाण्डः बार्सिलोना समर्थित पत्रिकाले रोनाल्डोको उजायो मजाक

बार्सिलोना समर्थित पत्रिकाले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्युको क्रममा पाएको रातो कार्ड सम्बन्धी खबरलाई प्राथमिकताका साथ र त्यसमा पनि रोनाल्डोको मजाक बनाएर छापेको छ ।

यहि सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले गएको बुधबार भ्यालेन्सियासँगको खेलमा नयाँ क्लबबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए ।

त्यो खेलमा उनले २९ औँ मिनेटमा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेकोमा सीधै रातो कार्ड पाए । यद्यपी उनलाई देखाइएको रातो कार्ड निकै कठोर र अन्यायपूर्ण रहेको फुटबल पण्डित र अरु रेफ्रीहरुले नै बताएका छन् ।

रुँदैरुँदै बाहिरिए रोनाल्डो, साँचो मन नै फापेन

यहि बिचमा बार्सिलोना समर्थित स्पेनिस पत्रिका मुण्डो डिप्रोटिभोले भने रोनाल्डोले पाएको रातो कार्डलाई ‘रेलिब्रेट’ गरेको छ ।

पत्रिकाले मड्रिड बाहिर रेफ्रीको प्रोटेक्सन कायम नरहेको प्रमाणित भएको भन्दै रोनाल्डोको मजाक उडाएको छ । रोनाल्डो रेड कार्ड पाएपछि रुँदै बाहिरिएको घटनाको पनि मुण्डोले मजाक बनाएको छ ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्