लिभरपुलको महत्वपूर्ण जित, सालहको गोल

लिभरपुलले यो सिजन आफ्नो शानदार यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले लिगमा लगातार छैटौँ जित निकाल्यो । यो सिजन सबै प्रतिस्पर्धामा गरेर उसले लगातार सात खेल जितिसकेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हराएको हो । लिभरपुलको जितमा पहिलो गोल उपहार पाएको हो भने अरु दुई गोल लिभरपुलका खेलाडीले गरेका हुन् ।

१० औँ मिनेटमा जेर्डान शाक्विरीले प्रहार गरेको बल शेन लङ्गमा पुग्यो । त्यसलाई नियन्त्रण गर्ने प्रयासमा साउथह्याम्पटनका वेस्ली होइड्टले आत्मघाती गोल गरे । २१ औँ मिनेटमा जोइल मातिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा शाक्विरीले प्रहार गरेको सुन्दर फ्रि–किक बललाई मोहम्मद सालहले सुन्दर गोलमा परिणत गरे । पहिलो हाफमै ३–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा गोल थप्न सकेन तर गोल पनि खाएन र ३–० को जित निकाल्यो ।

जितपछि ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति नै भएको अर्को खेलमा टोटनह्यामले ब्राइटनलाई २–१ ले हरायो ।

अरु खेलमा लेस्टर सिटीले हडर्ल्सफिल्डलाई ३–१ तथा बर्नलीले बोर्नमाउथलाई ४–० ले हरायो । क्रिष्टिल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्