परराष्ट्र नीति तय गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – सांसदहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समितिका सदस्य पुष्पा भुसाल (गौतम) ले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रीत गर्न सरकारसँग आग्रह गरिन् । उनले समितिले पनि मुुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यक्ता पनि औल्याइन् ।

समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यक्ता औल्याए । उनले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रीत गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराए ।

बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल) ले मुलुकको समृद्धिको मूल आधारको रुपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अशोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू