विषाक्त रक्सी बेचेको आशंकामा मलेसिया ३ नेपाली पक्राउ

एजेन्सी– मलेसियामा विषाक्त मदिरा काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जना नेपाली पक्राउ परेका छन्। ती नेपालीसहित प्रहरीले १० जनालाई पक्राउ गरेको हो।

८ नेपाली सहित २९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आशंकामा ३ जना नेपालीसहित ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेका छन् । पक्राउ परेकाहरु १९ बर्षदेखि ४८ बर्षसम्मको उमेरका छन्।

स्थानीय संचारमाध्यमका अनुसार प्रहरीले १३ ठाउँमा छापा मारेको थियो । यसक्रममा करिव ३ हजार बोतल मदिराको नमुना संकलन गरिएको छ।

विषाक्त मदिराका कारण हालसम्म २९ जनाको ज्यान गइसकेको छ । २० जनाभन्दा बढिको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । १४ जना उपचार पछि फर्किएका छन् ।

ग्राण्ड रोयल, मण्डाले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो वियरका कारण सो घटना भएको अनुमान छ । यी मदिराको गुणस्तर जाँच्ने काम भइरहेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्