सयौँ जन्मदिनमा हँसिला र फुर्तिला देखिए राष्ट्रकवि (फोटो फिचर)

काठमाडाैँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सयौँ जन्मोत्सव समारोह सुरु भएको छ। लैनचौरस्थित एक पार्टी प्यालेसमा आइतबार उनलाई शुभकामना दिन शुभेच्छुकहरु लाम लागिरहेका छन्।

विक्रम संवत १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मेका राष्ट्रकवि घिमिरेको सयौँ जन्मोत्सवको अवसरमा अहिले उक्त पार्टी  प्यालेसमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुश्वास्थ्य र दीघार्यूको कामना गरिरहेका छन् ।

सयौँ जन्मोत्सव मनाइरहँदा राष्ट्रकवि खुशी एवं प्रफुल्ल देखिएका छन्। यसअघि बिहान राष्ट्रपति विद्या भण्डारीले उनको निवासमै पुगेर शुभकामना दिएकी थिइन्। बिहान राष्ट्रकविले घरमै पूजा समेत गरेका थिए।

राष्ट्रकवि घिमिरेको सयौँ जन्मोत्सव समारोहमा पुगेर देश सञ्चारकी बर्षा शाहले कैद गरेका तस्बिरहरु:

 

 

 

अशोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्