नेपाल विज्ञापन संघको १९ औँ साधारण सभा सम्पन्न

काठमाडौँ – नेपाल विज्ञापन संघ (आन)को १९ औँ साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि सूचना संचार तथा प्रविधि सचिव महेन्द्रमान गुरुङ्गले संघका गतिविधिको प्रशंसा गरेका थिए । साथै मन्त्रालयले विज्ञापन सम्बन्धी आवश्यक निति–नियम बनाउँदा संघसंग छलफल परामर्ष गरिने उनले बताए ।

कार्यक्रममा नेपाल मिडिया सोसाईटि लगायत मूलधारका छापा संचार तथा टेलिभिजन संचारका संचालकहरुको उपस्थिति थियो । १७ सदस्यीय कार्यसमिति रहेको (आन)मा विज्ञापन बजारका विज्ञहरुको नेतृत्वमा विभिन्न सामाजिक तथा विज्ञापन व्यबसायको हक हितमा कार्य गर्दै आइरहेको छ ।

संघले आ.ब. २०७५/०७६ का लागि करिब १ करोड ५० लाख बराबरको अनुमानित बजेट छुट्टयाएको छ । संघले बिगतमा झै आगामि वर्ष पनि कृति अवार्डस आयोजना गरिने कुरा महासचिवको प्रतिबेदनमा उल्लेख छ ।

सम्पन्न साधारण सभामा विभिन्न संघ, सस्था, मिडियाका प्रतिनिधि उपस्थिति थियो । साधारण सभालाई सम्बोधन गर्दै इमेज गु्रपका अध्यक्ष आर.के. मानन्धर, अन्नपूर्ण मिडिया गु्रपका अध्यक्ष रामेश्वर थापा, जनता टेलिभिजनका महा–प्रबन्धक लक्ष्मण हुमागाई र नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरहरुले शुभकामना व्यक्त गरेका थिए ।

सघका अध्यक्ष रबिन्द्र कुमार रिजाल शशिले सभाको सभापतित्व गरेका थिए ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्