पोखरामा ९ वर्षीया बालिका मृत फेला

सांकेतिक तस्बिर ।

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया बिकको मंगलबार बिहान शव भेटिएको हो ।

उनको शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

शवलाई हेर्दा कर्तव्य गरी हत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टम गरेपछि मात्रै सबै कुरा थाहा हुने कार्कीले बताए ।

अशोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्