सृजनशील सीताको कौशीमै करेसाबारी, कौशीमै फलफूल र तरकारी

‘मलाई पाँच वर्षदेखि तरकारी किन्‍न बजार जानुपरेको छैन’

काठमाडौँ-शहर बजारमा फूल रोप्‍नलाई न आँगन हुन्छ , न त तरकारी उत्पादनका लागि प्रशस्त ठाँउ। साघुरा गल्ली, जोडाएर बनाइएका किचिरा घरहरुका कारणले गर्दा पनि सामान्य रुपमा तरकारी उत्पादन गर्ने ठाँउको लागि निकै समस्या रहेको हुन्छ। तर देखिएको समस्यालाई चुनौतीको रुपमा लिएर, अटुट संकल्पका साथ कौसीमा करोसाबारी बनाउने काठमाडौँस्थित बौद्धकी एक महिला जसले बिगतका पाँच वर्षयता तरकारी किन्‍न बजार धाउनु परेको छैन ।

निरोगी भई स्वास्थ्य जीवनशैली जिउने सबैको मन हुन्छ । यसका लागी थोरै परिश्रम र थेरै लगाानी गरेरै स्वस्थकर जीवनयापन गर्न पाइन्छ भने किन नगर्ने ? यस्तै सोच बोकेर पाँच वर्ष आगाडिबाट आफ्नो घरकै छतमा विभिन्‍न किसिमका तरकारी, फलफूल, जडीबुटी , र साना साना कुखुराको खोर संचालन गर्दै आएकी छन् बौद्धकी ४५ बर्षीय सिता पौडेलले।

उनको घरको छतमा जादा यस्तो लाग्थ्यो कि उनको त्यो छत नभएर पूर्ण रुपमा करेसाबारी हो। जहाँ हर किसिमको खेती गरिन्छ ।

घरको छत जहाँ सिजन र बेसिजनमा उत्पादन हुने तरकारी फलफूल जडीबुटी जस्ता खाद्यबाली देख्न सकिन्थ्यो । सीता भन्छिन्, ‘म खोती गर्नका लागी तालिम प्राप्त छैन् । जे जस्तो जानेकी छु मलै त्यही अनुरुप गदै आएकी छु । मलाइ आशा छ कि यदि मैले तालिम मात्र लिए भने यो भन्दा धेरै राम्रो गर्न सक्छु ।’

सीताको छतमा पानीको बोतलमा खुसार्नी फलेको छ । त्यसैगरी उनले प्लास्टिकको बोतल वा पानीको ड्रम काटेर गमला बनाइ फर्सी, करेला, भान्टा, अडहर, भिन्डी, सिमी तथा बोडि, टमाटर, विभिन्न सागका बिरुवा, घरमै सर्पगन्धा तुलसी बुर्जो वुद्धचित्त जस्ता जडीबुटी बोटले पनि उनको छतलाई हराबरा देखाएको छ ।

स्याउ, अम्बा जस्ता फलफूलका बोट पनि उनले छतमा रोपेर फलाएकी छन् । शहर बजारमा प्रशस्त खेती गर्ने ठाँउ हुदैन, अझै काठमाडौँको कुरा गर्ने हो भने साघुरा गल्ली जोडिएका घरहरु सामान्य पार्किङ गर्न सम्म धौ धौ हुन्छ। घर अगाडि आँगन नभए पनि घरको कौसी तथा छतमा कोही मात्र मानिसले सामान्य तरकारीबारी गरेको पाइन्छ ।

तर बौद्धकी सिता पौडेल भने घरको छत यसरी सजाएकी छन् । हेर्दै मनमोहक लाग्ने । उनी भन्छिन्। बिरामी भएर अस्पताल गएर जाँच गराएपछि डाक्टरको प्राय एउटै साझा सल्लाह सुन्ने गरिन्छ हरियो सागसब्जीमा प्रशस्त मात्रामा खानुहोस । तर बजारमा हरियो देखिने कतिफय खाद्यान्न स्वच्छ भने हुदैन । विभिन्न केमिकल युक्त बिसादी हालेर फलफूल तथा सागसब्जी हरियो देखाउँछन् ।

विभिन्‍न रसायनिक मल तथा बिसाधी हालेर उत्पादन गरेका तरकारी, फलफुलले स्वास्थ्यलाइ दिर्घकालीन रुपमा नकारात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् । तर बजारमा हरीयो साजसब्जी प्रस्सतै पाइन्छन तर पछिल्लो समय पूर्णतया श्वच्छ र स्वास्थकर तरकारी र फलफूल पाउन मुस्किल नै परिरहेको छ ।

आफ्ना लागि घरको कौसी तथा छतमा उत्पादित हरियो फलफुल, सागसब्जी र हरीयाली वातावरण यसै पनि स्वास्थ्यलाई धेरै नै लाभदायीक रहने कुरामा विश्वस्त छिन सीता।

सीता भन्छिन, ‘मैले छतमा तरकारी तथा फलफुल उल्पादन गरेको झन्डै पाँच वर्ष जति भयो। भन्नै पर्दा तरकारी किन्न भनेर बजार जानु पर्ने अवस्था चार वर्ष यता परेको छैन् । यो पाँच वर्षमा म बजारमा तरकारी किन्‍न धेरै नै कम मात्रामा गएकी छु।’

जाँगर लाग्ने , समय हुने र बिरुवा रोप्ने ठाँउ हुने हो भने घरकै सानो ठाँउलाई करोसाबारी बनाएर आफूलाई मन पर्ने र स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक तरकारी , फलफुल र अन्‍नबाली पनि उब्जाउन सकिने रहेछ भन्ने कुराको उदाहरण हुन सीता पौडेल ।

असोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्