धनगढी – प्रदेश सातको नाम र राजधानीबारे तयार पारिएको प्रतिवेदन मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको छ । समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

मंगलबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो । अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ ।

अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ । यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ ।

असोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्