सडक निर्माणको माग गर्दै जनकपुरका स्थानीय धर्नामा, सरोकारवाला मौन

जनकपुरधाम-सडक निर्माणमा ढिलाई भएको भन्दै सडक निमाणको माग सहित जनकपुरका स्थानीयहरु तीन दिनदेखि धर्नामा बसेका छन् ।

सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेप्‍नु परेको भन्दै जनकपुर उपमहानगरपालिका–१४ रजौलका स्थानीयहरु मंगलबार शहरी विकास कार्यालयमा धर्ना दिएका छन्।

जनकपुरको थापा चोकदेखि मुजेलिया प्रहरी चौकीसम्म सडक निर्माण गर्न एक वर्ष पहिले ठेक्का लागेको थियो तर अझै सडक निर्माणको काम सुरु नभएपछि बाध्य भएर आफुहरु धर्नामा बसेको स्थानीयको भनाई छ।निर्माण संघर्ष समिति गठन गरी उनीहरु मंगलवार ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बसेका थिए।

यस्तै, आइतवार जनकपुर उपमहानगरपालिका-१४ को वडा कार्यालय अगाडि तीन घण्टा धर्ना बसेका थिए भने सोमबार जनकपुर उपमहानगरपालिका कार्यालयमा धर्नामा उनीहरु धर्नामा बसेका थिए।

तीन दिनदेखि शान्तिपूर्ण धर्नामा बसेपनि आफूहरुको मागप्रति सरोकारबालाहरुले कुनै चासो नदेखाएको र अब बिहीबारदेखि चक्का जाम गर्ने चेतावनी समेत दिएका छन्।

आन्दोलनरत स्थानीय राजकरण यादवले भने, ‘शान्तिपूर्ण आन्दोलनबाट हाम्रो मागको विषयमा सरोकारबालाले भोलिसम्म कुनै चासो नदेखाए ढल्केवर–जनकपुुर सडकखण्ड अन्तर्गत सडक जाम गर्छौ।

असोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्