सबैको अपनत्व ग्रहण गर्ने गरी विधान संशोधन हुन्छ- महामन्त्री खड्का

काठमाडौं- कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबैको अपनत्व ग्रहण गर्ने गरी कांग्रेस पार्टीको विधान संशोधन गरिने बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको भने, ‘सभापति शेरबहादुर देउवाले तानाशाही प्रवृत्तिबाट बिधान संशोधन गर्न भन्ने सन्दर्भ होइन। सबैको अपनत्व ग्रहण गर्ने गरी कांग्रेस पार्टीको विधान संशोधन हुन्छ।’

उनले सबैलाई हल्लाको पछाडि नलाग्‍न भन्‍दे आगामी दिनमा सबैले मिलेर जानुको विकल्प नरहेको स्पष्ट पारे। विधान संशोधन समिति संयोजक समेत रहेका खड्काले कांग्रेस लोकतन्त्रको मूल पार्टी भएको बताए।

उनले विधान संशोधनका प्रस्तावहरुका बिषयमा छलफल चलिरहेको पनि जानकारी दिए। कांग्रेसले असोज १३ गतेसम्म सुझाव संकलन गरिसक्ने जनाएको छ।

त्यसैगरी, दशैं अघि मस्यौदामाथि छलफल हुनेछ। छलफल र नियमित प्रक्रियासंगै दीपावलीपछि केन्द्रीय समितिले विधान अनुमोदन गर्ने बताइएको छ।

असोज १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्