युभेन्टसको लगातारको विजयी यात्रा कायम

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नयाँ टिम युभेन्टसले इटालियन सिरी ए फुटबलमा लगातारको विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा पहिलो हाफमा गरेका दुई गोल नै काफी भए । युभेन्टसका लागि ११ औँ मिनेटमा पाउलो डिबाला तथा १६ औँ मिनेटमा ब्लेज मातुइडीले गोल गरे ।
रोनाल्डोले यो खेलमा गोल गर्न सकेनन् । तर उनी राम्रो लयमा देखिएका थिए । शीर्ष स्थानको युभेन्टसको ६ खेलबाट १८ अंक भएको छ र दोस्रो स्थानको नापोली भन्दा तीन अंकले अघि रहेको छ ।