श्रीमानद्वारा प्यारालाइसिस भएकी श्रीमतीको हत्या

पोखरा – पोखरामा एक पछि अर्को अपराधका घटना दोहोरीरहेका छन् । बुधबार पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमतीको हत्या गरेर फरार भएका छन् ।

बुधबार साँझ ५५ वर्षीया यानबहादुर गुरुङले श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।

उनले हत्या गरेपछि बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो । अहिलेसम्म फर्किएको छैन, स्थानीयलाई उदृत गर्दै प्रहरीले भनेको छ ।’ श्रीमतीलाई प्यारालाईसिस भएको थियोे ।

घटनाबारे थप अनुसन्धानका लागी कास्की प्रहरी प्रमुख ओम राना सहितको टोलि यतिबेला घटनास्थलमा पुगेको छ ।

अशोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्