प्रदेश ७ मा राजधानी विवादको आन्दोलन चर्कदै

धनगढीमा आमहड्ताल, जनजीवन प्रभावित

धनगढी – प्रदेश ७ को राजधानी धनगढीबाट कैलालीको गोदावरी नगरपालिका, ४ तेघरी सार्न खोजिएको विरोधमा बिहिबार धनगढी बन्द गरिएको छ । राजधानी नसार्न दबाब दिदै धनगढीबासिले बिहिबार एक दिनका लागि आमहड्ताल गरेका हुन् ।

जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् ।
धनगढी बजारमा अटो सिक्सा समेत चलेका छैनन् । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउन लागिरहेका छन् ।

उनीहरुले अस्थायी राजधानीका लागि धनगढीमा करोडौ रुपैयाँ खर्च भइसकेको बताउदै जङगल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरेका छन् । बन्दलाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

असोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्