असुरक्षित गर्भपतनले वार्षिक ४४ हजार महिलाहरुको मृत्यु

काठमाडौं-नेपालमा गर्भपतनल कानूनी मान्यता पाएको १६ वर्ष पुगिसकेको छ। विगतका १६ वर्षमा गर्भपतन सम्बन्धी धेरै राम्रा काम भएता पनि यस क्षेत्रमा अझै धेरै चुनैतीहरु रहेको विज्ञहरुल बताएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा असुरक्षित गर्भपतनका करण ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनका कारणले हुन्छ भने ५० लाख महिलाहरु दीर्घरोगी भएर जीवन बिताउन बाध्‍य हुन्छन्।

सन् २०१० देखि २०१४को अध्ययन अनुसार विश्वमा गर्भवती महिलाहरुमध्ये २५ प्रतिशतले मात्र सुरक्षित गर्भपतन गरको पाइएको छ।गुटमार्चर इन्सटिच्युटका अनुसार सन् २०१२को एउटा प्रतिवेदन अनुसार विकान्सोमुख देशहरुमा (पूर्वी एसिया) बाहेक करीब ७० लाख महिलाले असुरक्षित तरिकाले गर्भपतन गराएर त्यसका लागि उपचार गरेको देखाइएको छ।

असुरक्षित गर्भपतन गराउने महिला मध्ये चारजनामा एक जनालाई जिवनभरी नै उपचार गर्नु पर्ने र दिर्घकालिन स्वास्थ्य समस्या हुने संभावना प्रवल रहेने बताउछिन बरिष्ठ कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा. पुण्य पौडेल।

उनका अनुसार अशुरक्षित गर्भपतन गराउने महिलाहरुलाई शारीरिक,मानसिक, आर्थिक, र भावनात्मक समस्या व्यप्त हुने गर्दछ।धेरै जसो महिलाहरुमा अशुरक्षित गर्भपतनकै कारणले अधिक रक्तश्राव हुने, विभिन्‍न संक्रमण हुने, पिसाब थैली, पाठेघर र आन्तरिक अंगमा चोटपटक लाग्ने जस्ता समस्याहरु हुन्छन्।

बिगतको १६ बर्षको अबधिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सहयोगी राष्ट एंबम अन्तर्राष्टिय गैर सरकारी संस्थाहरुको प्रयासले नेपालमा गर्भपतन सम्बन्धि निति,निर्देशिका, सेवाको बिस्तार ,समुदाय स्तरमा तालिम तथा जनचेतना बृद्धि गर्ने कार्यहरु भएका छन्।

सन् २०१६ मा नेपाल सरकारले यो सेवालाई सरकारी स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा प्रदान गर्ने कार्यको सुरुवात गरेपनि यस क्षेत्रमा धेरै चुनैती र भ्रमहरु रहेको बताउछन आइपास नेपालका नेशनल प्रोगम म्यानेजर दीर्घ राज श्रेष्ठ।

उनका अनुसार यो बिषयलाई अझै पनि कतिपय मानिसहरुले सकारात्मक रुपमा लिन सकिरहेका छैनन्। उनी भन्छन्, ‘गर्भपतनलाई गराउनु पाप हो, सुरक्षित गर्भपतनको सेवा अनावश्यक हो र यसका श्रोत परिचालन गर्दा फाइदा छैन, धेरै महिलाहरु गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा अपनाइरहेका छन भन्‍ने भ्रम व्याप्त छ। यो हुनु हुँदेन।’

यस्ता भ्रमहरुले महिलाहरुमा सुरक्षित गर्भपतन गराउनु सट्टा असुरक्षित गर्भपतन गराउने बाटो तिर लाग्ने सम्भावाना प्रयाप्त रहेको छ भने नीति निर्माता एवंम सेवा प्रदायकहरुले यो सेवालाई त्यति धेरै महत्व नदिने पनि सम्भावाना पनि छ।

नेपालमा सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत संस्था१३०० रहेको छ भने ३ हजार आठ सय २० जना तालिम प्राप्त स्वास्थ्यकर्मीबाट १२ लाख महिलाहरुले सुरक्षित गर्भपतनबाट लाभान्वित छन्।

असोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्