धनगढीका मेयर वडलाई कारवाही गर्न माग गर्दै सांसदले दिए उजुरी

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश ७ का १२ जना सांसदले उजुरी दिएका छन्।

उनीहरुले विहिवार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारवाही गर्न माग गर्दै सयुक्त उजुरी दिएका हुन।

प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनका वडले धनगढीबाट राजधानी सारिए सांसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने र सांसदलाई नै जलाउने विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनीहरुले मेयरका अभिव्यक्तिपछि आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घ टना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अगाढी बढाउन भन्दै माग गरेका छन्।

मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भईरहेको छ भने उनले विहिवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन्।

असोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्