प्रदेश सातको राजधानीका लागि आन्दोलन

प्रहरीले घेर्‍यो प्रदेशसभा भवन, सांसदहरुलाई भित्र छिर्न कठिन

धनगढी – प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दाहरु अहिले प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

बिहान साढे ११ बजे प्रदेशसभाको बैठक बस्दैछ । तर प्रदर्शनकारीहरुले प्रदेशसभाका सदस्यहरुलाई मुलगेटबाट भित्र जान दिएका छैनन् ।

उनीहरुलाई पछाडिको गेटबाट कडा सुरक्षाकाबीच भित्र लगिदैछ । प्रदेशसभा वरपर ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

स्थानीय बासिन्दाले वन फडानी गर्नका लागि केही नेताहरुले राजधानी गोदावरी (वन क्षेत्र)मा लग्न खोजेको आरोप लगाइरहेका छन् ।

केहीबेरमा प्रदेशसभा बैठक सुरु हुँदैछ ।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्