महोत्तरीमा झाडापखालाको महामारी, दुईजनाको मृत्यु

महोत्तरी –  महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप एकजनाको मृत्यु भएको छ । नैन्हीमा करिब तीन सातादेखि फैलिएको झाडापखालाबाट ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो ।

खातुनसँगै महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । खातुनको उपचारको क्रममा मृत्यु भएको हो । यसअघि चार वर्षीया बालिकाको पनि झाडापखालाबाट मृत्यु भएको थियोे ।

करिब तीन सातादेखि फैलिएको झाडापखालाले बस्ती नै प्रभावित बनेको छ । झाडापखालाबाट प्रभावितहरुको स्थानीय एक मदरसाको भुइँमा राखेर उपचार भैरहेको छ ।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्