प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय

धनगढी- प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ।

शुक्रवार दोस्रो पटक बसेको संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४को तेघरी राख्ने निर्णय गरेको हो।

प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी राख्न सिफारिस गरेको थियो।
उक्त प्रतिबेदन पारितका लागी आज ससदमा समितीका सभापति तारालामा तामाङले पेस गरे।

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सासदले असहमति जनाएका थिए।सत्तापक्ष र प्रतिपक्षविच नाम र राजधानीका बारेमा सहमति नभएपछि मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिएको हो।

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने पक्षमा ३८ मत खसेको थियो। विपक्षी दलका १४ सासदले भने मत हालेनन।उनीहरुले बैठक बहिस्कार समेत गरेका थियो।

प्रदेश ७ मा ५३ सासद छन्।दुई तिहाईका लागि ३६ मत आवश्यक थियो।यसअघि कांग्रेसले असहमति जनाउदै संसद अवरुद्ध गरेको थियो।

बिहान साढे ११ बजे बसेको बैठक प्रतिपक्षी दलका कारण दिउसो १ बजे सम्मका लागी स्थगित भएको थियो। त्यसपछि ३ बजे बसेको बैठकले मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिएको हो।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्