मलेसियासँग एमओयूू सहमति

श्रममन्त्री विष्ट खुसी, व्यवसायी भन्छन्- दुुई दिन रमाउने मात्रै हो, कार्यान्वयन हुँदैन

काठमाडौं– मलेसियासँग दुुई पक्षीय श्रम सम्झौता एमओयूूमा सहमति जुटेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खुुशी व्यक्त गरेका छन् । शुुक्रबार मलेसियामा भएको एमओयू सहमतिले दुवै देशका लागि सकारात्मक र सुखद रहेको सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका हुन्।

श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने गरी सहमति जुटेको मलेसियाका लागि नेपाली कार्यवाहक राजदूूत कुुमारराज खरेलले बताएका छन्। मलेसिया जाने कामदारसँग चर्को शुल्क लिने विभिन्न संस्था श्रममन्त्री विष्टले खारेज गरेपछि मलेसिया जाने प्रक्रिया नै बन्द भएको थियो।

कामदार रोकिए पनि अरु भने मन्त्रीले खारेज गरेकै संस्थाबाट मलेसिया उडिरहेका थिए । वार्ताका लागि मलेसिया पुगेको तीन जना सहसचिवको टोली समेत मन्त्री विष्टले खारेज गरेको भिएलएनबाटै भिसा लगाएर मलेसिया गएका हुन्।

ती संसथाले अनावश्यक रुपमा कामदार ठगेको भन्दै मन्त्री विष्टले खारेज गर्ने निर्णय गरेका थिए। कामदारले तिर्नु पर्ने शुल्क रोजगारदातालाई तिराउने सहमति भएपनि खारेज गरिएका संस्था के गर्ने भने विषय भने सार्वजानिक गरिएको छैन । मलेसियाले भने सबै देशबाट कामदार लिने एउटै प्रक्रिया र नीति बनाउने बताउँदै आएको छ।

दुुई दिन रमाउने मात्रै हो, कार्यन्वयन हुदैन : व्यवसायी


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने यो निर्णय कार्यनवयन नहुने बताएका छन् । एमओयूमा सहमति जुटेको विषयलाई लिएर उनले पनि सामाजिक सञ्जालमार्फत् कार्यन्वयन गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्।

फ्रि भिसा फ्रि टिकटको निर्णय उदाहरण दिँदै उनले लेखेका छन्, ‘कागजमा लेखेका निर्णय कार्यन्वयन हुने भए दुनियाँ कति सुन्दर र शान्त हुुने थियो।’

उनले यो निर्णयलाई व्यवहारिक भन्दा लोकप्रिय निर्णय गर्न खोज्ने र दुई दिन रमाउनेहरु भनेका छन्।

मलेसियासँग एमओयूमा भएको सहमति कार्यन्वयन गराउन कल्पनै नगरेका चुनौती रहेको अध्यक्ष गुरुङले बताएका छन् । शून्य लागत शब्द मात्रै सुन्दर भएको भन्दै उनले किन, कसरी र के कारण शून्य लागतमा नेपाली कामदार लिनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

मलेसियाले लिनुपर्ने नेपाली कामदारको कोटा निर्धाण नगरी कार्यन्वयन गर्न नसकिने बरु नेपाली कामदारको साटो अरु देशबाट कामदार लिने गुरुङको प्रतिक्रिया छ।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्