पोखरामा सात वर्षीया बालिकालाई झरनामा लगेर बलात्कार

सांकेतिक तस्बिर

पोखरा – पोखरामा श्रेया बिकको घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ वर्षीय किशोरले ७ वर्षकी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

असोज ६ गते ति बालकले नुहाउन जाउँ भनेर झरनामा लगेर बलात्कार गरेको बालिकाले बताएकी छन् ।

बुवा काममा गएका बेला आमा घरमै थिइन् । ति किशोरले बालिकालाई नुहाउन जाऔं भने । आमाले नजाउ भन्दा बालिका मानिनन् । नुहाउन गएपछि किशोरले झाडीतिर लग्यो । अनि जबरजस्ती गर्‍यो। बालिका रुन थालिन् । बाटोमा फर्कने क्रममा किशोरले फकाउन मिठाई दिए । अनि बालिका घर फर्किन् । तर घरमा कसैलाई भनिनन् । दुईदिनसम्म कसैले थाहा पाएनन् । बालिका घर फर्केदेखि नै अलि असहज व्यवहार देखाउन थालेपछि बाबु आमाले बालिकालाई सोधे ।

दुईदिनपछि मात्रै उनले किशोरबाट आफू माथी भएको घटनाको बारेमा बताईन । त्यसपछि परिवारले चेकजाँचका लागि डाक्टरलाई देखाए । डाक्टरले पनि बलात्कार भएको प्रमाणित गरिसकेका छन् ।

घटनाको बारेमा किशोरलाई केरकार गर्दा सुरुमा स्विकार गरेनन् । धेरै पटक सोधेपछि ति किशोरले पनि आफूले बलात्कार गरेको स्वीकार गरेका छन् । अहिले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रमुख ओम रानाले रिपोर्ट तयार गरिरहेको र घटना गम्भीर भएकोले अनुसन्धान पनि सोही अनुसार भैरहेको जानकारी दिए ।

असोज १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्