रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

विराटनगर – विराटनगरमा शनिबारराति सडक दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको एयरपोर्ट जाने सडकमा रोकि राखेको ना.५ ख ५८८६ नम्बरको ट्रकमा को.८.प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किँदा रोशन शेर्पा र अनिष राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रोकिराखेको ट्रकमा पश्चिम एयरपोर्टतर्फ जादै गरेको मोटरसाइकलमा सवार पथरीशनिश्चरेका २४ वर्षिय शेर्पा स्थानीय नोबेल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि मोटरसाइकलमा सवार महानगरपालिका ४ का १९ वर्षिय राजवंशीको भने सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनासंगै फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सडक छेउमा ट्रक पार्किङ गरिराखेको अवस्थामा तीव्रगतिमा रहेको मोटरसाइकल ठोक्किएको हो।

असोज १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्