काठमाडौँ – नेपाली चलचित्र उद्योगमा अहिलेको समयकी व्यस्त अभिनेत्री हुन् प्रियंका कार्की । उनको व्यस्तता चलचित्रमा मात्रै सीमित नभएर म्युजिक भिडियो तथा विभिन्न व्यवसायिक उत्पादनको विज्ञापनसम्म फैलिएको छ । उनी अधिकांश समय चर्चामा रहने गर्छिन् ।

उनको कामजस्तै सुन्दरताको पनि चर्चा हुने गरेको छ । पछिल्लो समय उनको अभियन रहेको ‘कथा काठमाण्डू’ प्रदर्शनमा छ । यो चलचित्रमा उनको कामको प्रायले प्रशंसा गरेका छन् ।

उनै अभिनेत्री कार्की ‘कथा काठमाण्डू’ विशेष शो मा रातो पहिरनमा पुगेकी थिइन् । रातोमा उनी निकै ग्ल्यामरस देखिएकी थिइन् ।