धनकुटामा जीप दुर्घटना, दुई जनाको मृत्‍यु

धनकुटा- धनकुटामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्।

प्रहरीले साँगुरीगढी गाउँपालिका १० ताम्राङबाट धरान जादैं गरेको को १ ज १८२१ नम्वरको जीप हर्दियामा दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सागुरीगढी गाउँपालिका १० आहालेकी ३९ बर्षीय सनमाया राई र पाँचथरकी ६१ वर्षीय देवीमाया सुनुवार रहेका छन्।

प्रहरीले घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका सहायक निरिक्षक सुरेन्द्र खड्काले जानकारी दिए।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्