प्रदेश एकको नाम र राजधानी चाडैं टुंग्‍याउँछौ- मुख्‍यमन्त्री

मोरङ- प्रदेश नम्बर एकको नाम र राजधानीको विषय चाडै टुंगोमा पुग्ने प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

पछिल्लो समय राजधानी र प्रदेश नम्बर एकको नामको विषयमा चर्को आलोचना हुदै गएपछि मुख्यमन्त्री राईले सार्वजनिक कार्यक्रममा समेत यसलाई तीव्रता दिदैं आएका छन्।

सोही क्रममा विराटनगरमा सोमबार आयोजित मेयर कन्फ्रेन्सका क्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाङकन र राजधानीको सन्र्दभमा आफूहरु ब्यापक छलफलमा केन्द्रित भएको स्पस्ट पारेका छन्।

प्रदेशका नगरपालिका तथा गाउँपालिका प्रमुखहरुको सहभागितामा विश्व शान्ति फेडरेसनद्धारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले विश्व शान्ति आजको आवश्यक्ता भएको बताएका थिए।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु र फेडरेसनबीच विकास साझेदार समन्वय गर्न सहमति समेत बनेको छ।

कार्यक्रममा बिराटनगरमा १४ वटा जिल्लाका २५ नगरपालिका, ३५ गाँउपालिका र महानगरपालिकाको प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो।

कार्यक्रममा आयोजक पक्षले स्थानीय निकायमा गरिने विकासको मोडल र नयाँ सविधानले दिएको स्थानीय निकायलाई कानुनबारे जानकारी गराएको थियो।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्