पोखराको नदिपुरमा एक युवकको शव भेटियो, हत्याको आशंका

पोखरा – कास्कीको पोखरा महानगरपालिका नदिपुरमा एक युवकको शव भेटिएको छ । घटनाको प्रकृति हेर्दा ती युवकको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ ।

कवाडीका सामान उठाउँदै आएका राजकुमार नाम गरेको उनको शव नदिपुरमा रहेको एक टहरोमा भेटिएको हो । उनको शरीरका विभिन्न भागका चोट लागेको छ भने रगत बगेको छ ।

स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । उनको हत्याको आशंका गरिएको छ ।

अशोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू