निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द गरिएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गराएको हो । सोमवार जिल्लाका शैक्षिक संघसस्था बन्द गराएको नेविसंघले मंगलवार एक दिने जिल्ला बन्दको घोषणा गरेको हो ।

बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संघसस्था, उद्योग कलकारखाला पनि ठप्प छन् । नेविसंघका विद्यार्थीहरुले बिहानैदेखि महेन्द्रनगरमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले हत्या भएको दुई महिना भन्दा बढी समय भइसक्दा समेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारलाई दबाब दिन बन्द गरेका बताएका छन् । उनीहरुले अपराधि पत्ता लगाउनुपर्ने, अनुसन्धानमा सग्लन प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै, निर्मला हत्या प्रकरणबारे अनुसन्धानमा गर्न गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबारदेखि थालिएको धर्ना कार्यक्रम मंगलवार चौथो दिन पनि जारी छ ।

महिला अधिकारकर्मीहरुले शनिबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिर्दै आएका छन् ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्