५ वर्षीया बालिकाको शव पोखरीमा फेला, हत्या गरेर फालेको आशंका

जनकपुरधाम – सिराहामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । नरहिया गाउँपालिका वडा नम्बर ५ स्थित स्थमनीय मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोमवार दिउँसो करिब २ बजे घरबाट बेपत्ता भएकी निलु साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

तर, मंगलवार विहान ४ बजे स्थानीहरुले पोखरीको छेउतीर शव फेला पारेका छन् । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल सिराहा पठाइएको छ ।

यता, प्रहरीले पोखरीमा डुबेर लिलुको मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको भनेपनि मृतक लिलुको परिवारले हत्या गरेर बालिकाको शव पोखरीमा फालेको दाबी गरेका छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्