प्रदेश एकको नेकपा संसदीय दल बैठक

मुख्यमन्त्री राईकै विपक्षमा सत्तारुढ दलका सांसद

मोरङ-नेकपा प्रदेश नम्बर एक संसदीय दलको बैठक विराटनगरमा जारी रहेको छ। बैठकको दोश्रो दिन राजधानीको बिषयमा सांसदहरूले आफ्नो भनाई राख्ने क्रम जारी रहेको छ।

यसबीच मुख्यमन्त्री शेरधन राइले राजधानीको बिषयमा छलफल भइरहेको बताएका छन्। बैठकमा भनाई राख्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश एकको राजधानी बिराटनगर नै रहे पनि, मातहतका कार्यालय, अड्डा भने बिकेन्द्रित नै हुने धारणा राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

भनाई राख्ने क्रममा राईले यो प्रक्रिया नौलो र अनौठो नभएको स्पस्ट पारेका छन्।यद्यपी पछिल्लो समय मुख्यमन्त्री राईकै विपक्षमा सत्तारूढ दलका सांसद तथा मन्त्रीले असन्तुष्टि ब्यक्त गरेका छन्। त्यसैगरी संघीय समाजवादी फोरम नेपालका सांसदले विकेन्द्रित रूपमा राजधानीलाई राख्‍ने नहुने जनाएको छ।

विकेन्द्रिकृत कुरा मान्य नहुने बताएका फोरमका सांसद जयराम यादवले भने, ‘कार्यपालिका र व्‍यवस्थापिकालाई अलग राख्न मिल्दैन।विराटनगरलाइ नै राजधानी बनाउने सहमति भएको खुलासा गरेका यादवले अन्यत्र राजधानी सार्ने कुरा मान्य नहुने स्पस्ट पारे।

त्यसैगरी दुवै पालिकालाई एकैस्थानमा राख्नु पर्नेमा जोड दिएका यादवले पालिका अलग राखे मान्य नहुने चेतावनी दिए। यद्दपि उनले प्रदेश प्रमुखलाई कामका हिसाबले अन्यत्र राख्न सकिनेमा सोच्न सकिने जानकारी दिए।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्