च्याम्पियन्स लिगमा युभेन्टसको शानदार जित

रोनाल्डो दर्शकदीर्घामा, डिबालाको ह्याट्रिक

इटालियन क्लब युभेन्टसले सिजनमा अहिलेसम्मकै राम्रो सुरुवात गरेको छ । समूह चरण अन्तर्गत दोस्रो खेलमा मंगलबार राति समूह एचमा रहेको युभेन्टसले स्वीस क्लब योङ्ग ब्वाइजलाई ३–० ले हरायो ।

पहिलो खेलमा भ्यालेन्सियालाई हराउने क्रममा रातो कार्ड पाएका कारण निलम्बनमा परेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना मैदान उत्रिएको युभेन्टसका लागि तीनै गोल पाउलो डिबालले गरेका हुन् ।

डिबालाले पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरे । डिबालाले पाँचौँ र ३३ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा घरेलु टिम युभेन्टसलाई २–० अग्रता दिलाए । उनले ६९ औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् ।

युभेन्टसले ३–० को अग्रता दिइसकेको अवस्थामा योङ्ग ब्वाइज १० खेलाडीमा सीमित भयो । ७८ औँ मिनेटमा अली कामारा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि योङ्ग ब्वाइज १० खेलाडीमा सीमित भएको हो ।

यो सिजन उसले सबै प्रतिस्पर्धामा गरेर ९ खेल जितेको छ । सिरी ए मा ७ र च्याम्पियन्स लिगमा दुई गोल । यो सन् १९३०–३१ को सिजनमा लगातार जितेको ८ खेल भन्दा बढी हो । रो

नाल्डो बिनाको खेलमा युभेन्टस कमजोर देखिएन । तर रोनाल्डो क्लब भित्र्याएपछि युभेन्टसको उत्साह अझ बढेको देखिएको छ ।

मंगलबार रातिको खेलमा डिबाला रोनाल्डोको छायाबाट बाहिर आएको विश्लेषण पनि गरिएको छ । एक खेलको प्रतिबन्ध लागेका रोनाल्डो रंगशालमा थिए ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्