काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सात बुँदे सहमति भएको बुधबार एक वर्ष पूरा भएको छ ।

गएको वर्ष असोज १७ गते मध्य दशैंका बेला दुई पार्टीले पार्टी एकता गर्ने घाषणा गर्दै प्रदेश र प्रतिनिधिसभाको चुनावमा संयुक्त घोषणापत्रलिएर सहभागी हुने प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

दुवै तहको चुनावमा भारी मतका साथ विजयी भएपछि गएको जेठ ३ गते दुई पार्टीको केन्द्रीय समिति एक भइ नेकपा बनेको थियो । तीन महिनाभित्र पार्टी एकता सक्ने भनिए पनि अझै तल्ला तहको एकता प्रक्रिया पूरा भएको छैन ।

बुधबार द्वन्द्व पीडित महिलाका बारेलमा छलफल हुँदै छ । बालुवाटारमा दिउँसो हुने छलफलमा एक महिलाको अवस्थारबो पनि अन्तरक्रिया हुनेछ ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्