हप्ता दिनमा ८ किलो सुन बरामद, तस्कर एउटै

फाइल तस्बिर

काठमाडौँ – प्रहरीले पाँच किलो सुनसहित बालाजुबाट पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ । प्रहरीको अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरेर पाँच किलो सुनसहित पक्राउ परेका रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित तामाङलाई बालाजुको तीनपिपलेबाट पक्राउ गरेको थियो ।

यसअघि केहीदिनअघि तीन किलो सुनसहित पक्राउ परेका दुईजना र अहिले पाँच किलो सुनसहित पक्राउ परेका तामाङ एउटै गिरोहका सदस्य रहेको र उनीहरु एउटै गाउँका रहेका पनि प्रहरीले जनाएको छ ।

गएको मंगलबार तीन किलो सुनसहित प्रहरीले टोखाबाट दुईजनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका  सबैले चीनबाट दोर्जे नामका व्यक्तिले आफूहरुलाई काठमाडौँमा सुन पुगाएवापत प्रतिकेजी ५० हजारसम्म दिने गरेको बयान प्रहरीलाई दिएका छन् ।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्