निर्मलाको न्‍याय माग्‍दै धनगढीमा मुख्‍यमन्त्रीलाई ज्ञापन पत्र र प्रदर्शन

निर्मला पन्तको न्‍याय माग्‍दै सुदूर पश्‍चिमका मख्‍यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै कञ्‍चनपुरका महिला अधिकारकर्मीहरु। तस्बिर-दिनेश ठकुल्‍ला/देश सञ्‍चार

काठमाडौं- १३ वर्षीया बालिका निर्मला पन्तको न्‍यायका माग्‍दै कञ्‍चनपुरका महिला अधिकारकर्मीहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

बुधबार अधिकारकर्मीहरुले धनगढी आएर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन।

ज्ञानप पत्र बुझाउन आएका अधिकारकर्मीहरुले केहीबेर सडकमा प्रदर्शन समेत गरेका थिए। बलत्कारीलाई फाँसीको सजाय दिनु पर्ने उनीहरुको माग थियो।

यसअघि निर्मलाका निम्ति न्‍याय भन्‍दै राजधानी काठमाडौं लगायत देशैभर बलात्कारीविरुद्धको अभियान थालिएको थियो।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्