अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने मन्त्री पोखरेलको आश्वासन

गिरिराजमणि पोखरेल।

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन्।

पोखरेलले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकहरुको माग पनि सम्बोधन गर्ने घोषणा गरेका छन्।

२५औं विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको दावी पनि गरेका छन्।

अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलले जनाएका छन्।

पोखरेलले २ सय ५३ वटा सामूदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनका लागि अनूमति दिइएको पनि जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गरे।

सोही घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको पनि मन्त्री पोखरेलले स्पष्ट पारेका छन्।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्