क्यान्सरलाई जित्दै नोबेल पुरस्कार पाउने यी दुई वैज्ञानिक

काठमाडौं- दुई वैज्ञानिकहरुले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरलाई निष्प्रभाव पार्न सक्ने नयाँ उपचार विधि पत्ता लगाएका छन्। उनीहरु दुवै जनालाई यस वर्ष फिजियोलोजी तथा मेडिसिन विधामा नोवेल पुरस्कार समेत प्रदान गरिएको छ।
अमेरिकाका प्रोफेसर जम्स पी एलिसन तथा जापानी प्राध्यापक तासुकु हान्जोले क्यान्सरविरद्धको उपाई पत्ता लगाएका हुन। उनीहरुको यो उपचारलाई ‘चेक प्वइन्ट थेरापी’ भनिएको छ।
पुरस्कार दिने स्वीडीस एकेडेमीले भनेको छ, ‘ प्रतिरक्षा प्रणाली चेक प्वाइन्ट थेरापी क्यान्सरको उपचारमा धेरै नै क्रान्तिकारी ठहर्नेछ। किनकी यसले क्यान्सरलाई निष्प्रभाव धेरै हदसम्म गर्न सक्छ।’ उनीहरुले यसबारेमा क्यान्सर निको पार्ने नै साबित गरेका छन्।
टेक्सास विश्वविद्यालयका प्रोफेसर एलिसन तथा क्योटो विश्वविलालयका प्राध्यापक प्रोफेसर हान्जोले नोबेल पुरस्कारबाट पाउने रकमलाई एकै ठाउँमा जम्मा गर्नेछन् जुन मिलियन क्रोनर अर्थात लगभग १ मिलियन अमेरिकी डलर बराबर हुनेछ।
पुरस्कार स्विकार गर्दै तासुकू हान्जोले सञ्चारकर्मीसँग भनेका छन्, ‘म यो शोधलाई कायमै राख्नेछु। यसले प्रतिरक्षा प्रणाली थेरापी धेरैभन्दा क्यान्सर पीडित विरामीलाई बचाउन सकोस्।’
यस्तै प्रोफेसर एलिसनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘ यो धेरै राम्रो कुरा हो, इम्यून चेक प्वाइन्ट ब्लकेड सम्पूर्ण रुपमा सत्य साबित हुने अर्थात क्यान्सरका विरामी पूर्ण रपमा निको हुनेसँग पनि भेट गराउनेछ हामीलाई।’
मानव शरीरको प्रतिरक्षा प्रणालीले धेरै रोगहरुसँग लड्न विरामीहरुलाई तागत प्रदान गर्दछ। त्यति मात्रै होइन यसले क्यान्सर जस्तो घातक रोगलाई समेत पराजित गरी जीवन जिउने बनाउन सक्ने दुई वैज्ञानिकहरुको ठोकुवा छ।
७० को दशकमा एलिसन तथा हान्जोले ब्रेक लगाउने प्रोटिनलाई बन्द गरेर ट्यूमरमाथि आक्रमण गर्ने मानव शरीरको प्रतिरक्षा प्रणालीलाई सुक्ष्म रुपमा अध्ययन गरी नयाँ बाटो पत्ता लगाए। जसले उपचार हुन नसकेका र सम्भव नहुने क्यान्सरको विरामीलाई समेत नयाँ मार्ग प्रदान गर्नेछ।
इम्युन थेरापी चेक प्वाइन्टको प्रयोग एनएचएसले गरेको छ। जसको प्रयोग गम्भीर मेलोनोमा(छालाको क्यान्सर) प्रयोगको लागि गरिदै आएको छ।
यी सबैको लागि छिटो प्रभावकारी नभए पनि केही बिरामीहरुलाई भने धेरै नै फाइदा गरिरहेको छ।
विरामीहरुमा ट्युमको समस्या कम हुँदै गइहेको छ भने शरीर पूरै तरिकाले फेल भएकाहरुको पनि विस्तारै विस्तारे सुरधार हुँदै गइरहेको छ।
क्यान्सर रिसर्च युकेका प्राध्यापक चार्ल्स स्ट्वान्टले पुरस्कार विजेतालाई बधाई दिँदै भनेका छन्, ‘ यो मानव समाजको लागि निक्कै नै सराहनीय काम हो। यसकोलागि दुवै जना बधाईका पात्र हुनुहुन्छ। शरीरले अब प्रतिरक्षा प्रणाली मार्फत नै उपचारको लागि लड्न सिकाउने छ। जसमा छाला (मेलानोमा), फोक्सो तथा किड्नी लगायतका जटिल प्रकारको क्यान्सरका विरामीको जीवन नै बदली दिनेछ।’
उनी प्रतिरक्षा प्रणालीबाट क्यान्सरको नयाँ उपाय पत्ता लगाएमा प्रफुल्लित हुँदै आउने दिनहरुमा यसको कल्पना निक्कै रोमाञ्चक हुने प्रतिक्रिया दिन्छन्।