आउँदो चुनावमा पहिलो पार्टी बन्छौं-रवीन्द्र मिश्र

महेन्द्रनगर – विवेकशील साझा पार्टीको संयोजक रवीन्द्र मिश्रले आउँदो चुनावमा आफू नेतृत्वको पार्टीलाई पहिलो बनाउने दावी गरेका छन्।
विवेकशील साझा पार्टीले बुधबार महेन्द्रनगरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक मिश्रले त्यही उद्देश्यका साथ पार्टीपंति अघि बढेको बताएका छन्।
संगठन विस्तारको क्रममा महेन्द्रनगर पुगेका मिश्रले पुराना पार्टीहरुले देश विकास गर्न नसक्ने दावी गर्दै अब हरेक नेपालीले देश विकासका लागि सचेत बन्नु पर्ने तर्क गरे। यसका लागि नयाँ विचारसहितको नेतृत्व आवश्यक रहेको उनले बताए।
पुरानो थोत्रो गाडी चढेर गतव्यमा नपुगिने उदाहरण दिँदै संयोजक मिश्रले वर्तमान अस्तित्वमा रहेको सबै राष्ट्रिय दलहरुले देशलाई समृद्ध बनाउने नसक्ने उल्लेख गरे।
साथै विवेकशील साझा अबको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै आफूले देशको उन्नत समाजवाद र कल्याणकारी राज्य व्यवस्थाको विकास गर्न चाहेको बताएका छन्।